काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाका घाइतेको उपचार सरकारले निःशुल्क गर्ने घोषणा गरेका छन् ।
मुगुमा ठूलो दुर्घटनामा ३२ जनाको मृत्यु भएर देश रोइरहेको बेला प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत सहानुभूति दिँदै सबैको उपचार निःशुल्क गर्ने घोषणा गरे ।
देउवाले फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निःशुल्क उपचार सरकारले गर्नेछ ।’
प्रधानमन्त्री देउवाले मृतक परिवारलाई उचित राहत दिने घोषणा समेत गरेका छन् । उनले लेखेका छन्, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तब्ध भएको छु । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निःशुल्क उपचार सरकारले गर्नेछ । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।