काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १३ जिल्लाबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत देखिएको छ ।
जिल्ला सभापति र महानगरको नेतृत्वमा आफ्नो पक्षमा बहुमत नआए पनि महाधिवेशन प्रतिनिधिमा बहुमत रहेको देउवा पक्षले जनाएको छ । महाधिवेशनमा केन्द्रीय सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनमा महाधिवेशन प्रतिनिधिले नै मतदान गर्छन् ।
हालसम्म मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, दोलखा, संखुवासभा, हुम्ला, रामेछाप, कालीकोट, रुकुमपूर्व, बाजुरा र बझाङ जिल्लामा अधिवेशन भइसकेका छन् । अधिवेशन सकिएका १३ जिल्लामध्ये गोरखामा मात्रै २ प्रतिनिधिसभा क्षेत्र रहेका छन् ।
पार्टीको निर्वाचन समितिका अनुसार हालसम्म ३६२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । छनोट भएका महाधिवेशन प्रतिनिधिमा २०० बढी प्रतिनिधि आफ्नो पक्षमा रहेका देउवा पक्षको दाबी रहेको छ । पौडेल निकटका १२१ प्रतिनिधि छनोट भएको बताइएको छ । निर्वाचित प्रतिनिधिमध्ये २५ जना कुनै पनि पक्षमा खुलिसकेका छैनन् । सिटौला पक्षबाट करीब २ दर्जन महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।