काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा पुगेर गण्डकी प्रदेश सरकारमा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने निर्णय गराएका छन् ।
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गराउने कार्यक्रममा सहभागी हुन पोखरा आएका देउवाले विश्वकर्मालाई विना विभागीय मन्त्री बनाउने निर्णय गरेर काठमाडौं फर्किएका छन् ।
सांसद विश्वकर्माले आज सोमबार साँझ ५ बजे विना विभागीय मन्त्रीको शपथ लिने स्रोतले जनाएको छ ।
संविधानअनुसार कूल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ । कूल ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा हाल ११ मन्त्री छन् । संवैधानिक प्रावधानअनुसार १२ जनासम्म मन्त्री बनाउन सकिन्छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहेका छन् । विश्वकर्मालाई यसअघि नै मन्त्री नियुक्त गर्न खोसिएपनि अन्तिममा रोकिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।