शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानन्यायाधीशका जेठान मन्त्री गजेन्द्र हमालले देउवालाई बुझाए राजीनामा

प्रधानन्यायाधीशका जेठान मन्त्री गजेन्द्र हमालले देउवालाई बुझाए राजीनामा

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 4.2K
    SHARES

  • प्रधानन्यायाधीशका जेठान मन्त्री गजेन्द्र हमालले देउवालाई बुझाए राजीनामा

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दबाबमा नियुक्त गरिएको भनेर विवाद बढेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् ।

    बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री हमालले राजीनामा बुझाएका छन् ।

    प्रधानमन्त्री देउवा आईतबार गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न पोखरा जानै लागेका बेला मन्त्री हमालले भेटेरै राजीनामा दिएका प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

    गत शुक्रबार हमालले राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीको शपथ लिएका थिए । प्रधानन्यायाधीश राणाको दबाबमा मन्त्री बनाइएको भन्दै विवाद भएपछि हमालले राजीनामा दिएका हुन् ।

    हमालले भने, ‘आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें । नेताहरूले राजीनामा नदिनु भनेका छन् । विवादमा किन पर्नु भनेर आजै राजीनामा दिँदैछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend