शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिपछि देउवालाई पछुतो ! यसरी गरे दुःख व्यक्त

नयाँ मन्त्री नियुक्तिपछि देउवालाई पछुतो ! यसरी गरे दुःख व्यक्त

  • मिडिया डबली
  • शनिवार, आश्विन २३ २०७८

  • 4.5K
    SHARES

  • नयाँ मन्त्री नियुक्तिपछि देउवालाई पछुतो ! यसरी गरे दुःख व्यक्त

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका क्रममा नयाँ मन्त्रीको नियुक्ति हुँदा योग्य र क्षमतावान नेताहरू छुटेकोमा पछुतो व्यक्त गरेका छन् ।

    स्कुल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको विमोचन गर्दै सभापति देउवाले मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने वाचा गरेका छन् ।
        
    मन्त्री नियुक्तिमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेको समेत बताएका छन् । ‘क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिनेछु,’ उनले भने, ‘मेरो बाध्यता बुझिदिनुहोला ।’
        
    कार्यक्रममा सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एकअर्काका परिपूरक रहेका बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्त्व र अभ्यासबारे बुझाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend