शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

छिट्टै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब

छिट्टै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 3.0K
    SHARES

  • छिट्टै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन् । 

    पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच सोमवार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका छन् । 

    निधि निवास बानेश्वरमा भएको ३ नेताहरुको भेटले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन् ।

    मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरुको बुझाइ रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताएका छन् । 

    सरकारले हालसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरुको निष्कर्ष रहेको छ । 

    असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै गठबन्धनका विभिन्न तहका नेताहरु छलफलमा जुटिरहे पनि अझै सरकारले पूर्णता कहिले पाउँछ भन्ने निश्चित भएको छैन । 

    भेटमा अझै ४ जिल्लाको क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा पार्टीको महाधिवेशन फेरि प्रभावित हुने त होइन भन्ने उनीहरूले आशंका व्यक्ति गरेका छन् । सदस्यताको विषय तत्काल टुंगो लगाएर महाधिवेशन सुनिश्चित गर्नुपर्ने पनि तीनै जना नेता एकमत देखिएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend