काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंको छिमेकी जिल्ला धादिङको निलकण्ठ नगरपालिकामा भएको निर्वाचनमा शम्भुराज सिंह ठकुरी सभापति पदमा विजयी भएका छन् ।
आईतवार भएको मतगणना अनुसार २५४ मतसहित ठकुरी सभापति पदमा विजयी भएका छन् । ठकुरी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् ।
ठकुरीका प्रतिद्वन्द्वी उम्मेदवार ध्रुवप्रसाद रिजालले जम्मा २२० मत मात्रै ल्याएको कांग्रेसले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।