काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मनाङ जिल्लाको सभापतिमा शंकर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापति शेरबहादुर देउवा निकट नेता गुरुङ मनाङका जिल्ला सभापति बनेका छन् ।
मनाङमा वडा अधिवेशनअगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लागेको हो ।
जिल्ला सभापति गुरुङ कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको समेत जिल्ला सभापति रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।