काठमाडौं – नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको प्रभाव क्षेत्र तथा गढ रुकुम पूर्व जिल्लामा सत्तारुढ दल नेपाली कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
१४औं महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनबाट रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् ।
सभापति चयन भएका रोका सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । पूर्व सहायकमन्त्री समेत रहेका रोका यसअघि समेत जिल्ला सभापति रहेका थिए ।
जिल्ला उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चुनिएका छन् । सहसचिवमा धनप्रताप बुढामगर र खडकबहादुर घर्ती चयन भएका जनाइएको छ ।
जिल्लाको ३ महिला सचिव खुलामा संगीता बुढामगर, बालकुमारी खड्का घर्ती र रमुना विक चयन भएका छन् भने सदस्यहरू खुलामा भरत घर्तीमगर, दलु बुढा र हुमलाल जैसी चयन भएका जनाइएको छ ।
सदस्य खस आर्यमा बाबुराम कुँवर, सदस्य आदिवासी/जनजाति महिलामा मेखमाला बुढा, सदस्य आदिवासी/जनजातिमा बसन्तकुमार बुढा र सदस्य दलितमा रामबहादुर नेपाली चयन भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।