काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
खानले लुम्बिनी क्षेत्रका २९ विपन्न परिवार गरी ३ लाख १५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
लुम्बिनी क्षेत्रबाट निर्वाचित युवा नेता खानले पुत्रलाभको अवसर पारेर सहयोग गरेका छन् ।
‘छोरा जन्मेको सातौं दिनमा नाम राख्ने दिन न्वारनको अवसर पारेर विपन्न परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नगद प्रदान गरेको हुँ,’ सांसद खानले भनेका छन् ।
खानले नयाँ संस्कारको सुरूआत गर्न खाजेको बताएका छन् । उनले भने, ‘जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताको दुःखसुखमा सहभागी हुँदै आएको छु, निरन्तर जनताको लागि काम गर्नेछु ।’
सांसद फखरुद्दीन खानले विपन्न परिवारलाई सहयोग गर्नु पुनित कार्य भएको युवा समाजसेवी प्रख्यात बन्जाडे जानकारी दिए । ‘जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरमा फजूल खर्च गर्नुभन्दा विपन्न परिवारलाई सहयोग गर्नु उपयुक्त हुन्छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।