काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाँकेका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजेका लागि बालुवाटरमा सर्वदलीय बैठक बोलाएका छन् ।
संसदको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा निमन्त्रणा दिइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति देउवाको छलफलपछि सर्वदलीय बैठक बोलाइएको छ ।
सभापति अग्निप्रसाद सापकोटाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।