काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप ३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता सूची वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
लामो समयदेखि विवादित रहेका ३ जिल्लामा पार्टीको समितिले विवाद टुंग्याएको छ ।
सदस्यता सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन प्रारम्भ गरिने भएको छ । यद्यपि वडा अधिवेशन हुन बाँकी जिल्लाको हकमा निर्वाचन समितिले नयाँ कार्यतालिका निर्माण गर्ने भएको छ ।
अब पर्सा, रौतहट, बारा, सप्तरी र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।