काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मुखैमा पालिका अधिवेशनको नतिजाको लेखाजोखा भइरहेका बेला ललितपुर महानगरपालिकामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् ।
ललितपुर महानगरपालिकाको कांग्रेस सभापतिमा सुभाननरत्न धाख्वाले चुनाव जितेका छन् ।
विजयी सभापति धाख्वाले २८२ मत ल्याउँदा प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत मात्रै पाएका छन् ।
महानगरको उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भएका छन् । निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाएकी छन् ।
सचिवमा राजु ताम्राकार र सुनिलकुमार थापा विजयी भएका छन् ।
सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भएका छन् । यसरी नतिजा हेर्दा ललितपुरमा सभापति देउवा पक्षको पकड देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।