काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व पर्यटन दिवसका अवसरमा शुभकामना दिएका छन् ।
शुभकामना सन्देश जारी गर्दै देउवाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रूपमा विश्वसामु थप स्थापित गर्नु सरोकारवाला सबैको साझा लक्ष्य हुनुपर्नेमा जोड दिए ।
आज सेप्टेम्बर २७ अर्थात् ४२औं विश्व पर्यटन दिवसका अवसरमा जारी सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनका माध्यमबाट आय तथा रोजगारी सिर्जना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले जनाएका छन् ।
सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गर्दै आएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।