शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

पालिका चुनावमा सभापति देउवा पक्ष बलियो देखियो ! यस्तो छ नतिजा

पालिका चुनावमा सभापति देउवा पक्ष बलियो देखियो ! यस्तो छ नतिजा

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 15.1K
    SHARES

  • पालिका चुनावमा सभापति देउवा पक्ष बलियो देखियो ! यस्तो छ नतिजा

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अधिकांश जिल्लामा पालिका कार्यसमिति चयन गर्न निर्वाचन भएका छन् ।

    जसमध्ये रुपन्देही जिल्लामा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । रुपन्देहीका १६ पालिकामध्ये ६ वटा नगरपालिकामा आएको परिणामअनुसार देउवा पक्षले ४ वटा पालिकामा जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष २ पालिकामै सीमित भएको छ ।

    रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवाको सिद्धार्थनगर नगरपालिका, गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिका, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्वमा देउवा पक्षका सभापति विजयी भएका छन् । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पौडेल पक्षले जितेको छ ।

    बुटवल उपमहानगरमा पौडेल पक्षका खेलराज पाण्डेले जितेका छन् । देवदहमा पौडेल पक्षका गुणखर भुर्तेल विजयी भएका छन् ।

    देउवा पक्षबाट तिलोत्तमामा हरिलाल पाण्डे, सिद्धार्थनगर नगरपालिकामा कोसिस खड्का, सैनामैना नगरपालिकामा रणबहादुर खनालको प्यानल विजयी भएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा देउवा पक्षका मोहमह सइद खाँको नेतृत्वमा सर्वसहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताएका छन् ।

    शनिवार नै निर्वाचन भएको रुपन्देहीको मायादेवी गाउँपालिकामा पदम भण्डारीको प्यालन नै विजयी भएको छ । कञ्चन गाउँपालिकामा भएको निर्वाचनमा देवीराम रेग्मीको प्यानल विजयी भएको छ । रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगीको प्यानलले जितेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको निर्वाचनमा सभापतिमा दामोदर पौडेलले जितेका छन् । यी सबै सभापति देउवा पक्षका हुन् ।

    गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टीम निर्विरोध चयन भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend