काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशनमा हेटौंडा उपमहानगरपालिकाको सभापति पद उत्सव इटेनीको प्यानलले सानदार जीत हात पारेको छ ।
इटेनी संस्थापन समूह सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । हेटौंडामा संस्थापनइतर प्रतिद्वन्द्वी समूहको ‘क्लीन स्वीप’ भएको छ ।
सभापति निर्वाचित इटेनीले अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतान्तरले पराजित गरेका छन् । नगर सभापति उत्सव इटेनीले २८४ मत ल्याउँदा महेन्द्र राउतले १३२ मत मात्रै पाएका छन् ।
उपसभापति पदमा इटेनी प्यानलबाट उम्मेदवार डोल्मा स्याङ्बो २५७ र रामकृष्ण कोइराला ३०० मत पाएर विजयी भएका छन् । अर्काे पक्षका उम्मेदवार ज्योती कोइरालाले १२६ र शेशन गोलेले ९३ मत मात्रै पाएका छन् ।
सचिव पदमा कुमार पोखरेलले १६३, गंगाप्रसाद पौडेलले ११०, सविन न्यौपानेले २९७ र हर्करत्न लामाले २२२ मत पाएका छन् । सर्वाधिक २९७ र २२२ मत प्राप्त गरेर न्यौपाने र लामा सचिवमा विजयी भएका छन् । सचिव निर्वाचित दुबै जना इटेनी प्यानलका रहेका छन् ।
सहसचिव पदमा निगम श्रेष्ठ २५८ र विकास बानियाँ २६५ मतसहित विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।