काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।
आज शनिवार ५ जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाएर सदस्यताको सूची निर्वाचन समितिलाई पठाइएको छ ।
विवाद रहेका महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची समितिलाई प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए । निर्वाचन समितिले सूची सार्वजनिक गर्ने तयारी गर्दैछ ।
निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा छन् । ५ जिल्लामा भोलि आईतबार नै निर्वाचन अधिकृत खटाउने तयारी रहेको पोखरेलले बताएका छन् ।
कांग्रेसको निर्णयअनुसार दशैंअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।