शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसले महाधिवेशनबारे गर्‍यो यी ३ निर्णय, पढ्नुहोस् पूर्णपाठ

कांग्रेसले महाधिवेशनबारे गर्‍यो यी ३ निर्णय, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 9.0K
    SHARES

  • कांग्रेसले महाधिवेशनबारे गर्‍यो यी ३ निर्णय, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनबारे ३ निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेका छन् ।

    शुक्रबार पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारी सहितको छलफलले ३ निर्णय गरेको जनाइएको छ । 

    पहिलो निर्णयमा पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट कम्तिमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट १ जना सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने रहेको छ ।

    दोस्रो निर्णयमा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट १ जना थप निर्वाचित हुने व्यवस्था गर्ने रहेको छ ।

    तेस्रो निर्णयमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट १ जना थप निर्वाचित हुने व्यवस्था गर्ने रहेको विज्ञप्तिमार्फत जनाइएको छ । 

    ncp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend