काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा सुरू भएको छ ।
पार्टीको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन तथा मन्त्रिपरिषद् विस्तार, पार्टीबाट बन्ने नयाँ मन्त्रीको नाम छनोट लगायत एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
सत्तारुढ दलहरूबीच सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । कांग्रेसभित्र क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा विवाद रहेकाले सहमतिको प्रयास हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।