शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा शीर्ष नेताबीच नयाँ सहमति : यी क्षेत्रमा दशैंअघि नै जिल्ला अधिवेशन

कांग्रेसमा शीर्ष नेताबीच नयाँ सहमति : यी क्षेत्रमा दशैंअघि नै जिल्ला अधिवेशन

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 8.1K
    SHARES

  • कांग्रेसमा शीर्ष नेताबीच नयाँ सहमति : यी क्षेत्रमा दशैंअघि नै जिल्ला अधिवेशन

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको कार्यतालिका अनुसार नै केही क्षेत्रमा जिल्लामा अधिवेशन गर्ने सहमति जुटेको छ ।

    आज बिहीवार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी सहितका नेताको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको छ ।

    हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, रसुवा, मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्लालाई राखेको छ ।

    यी जिल्लामा दशैंअघि नै र अरु जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए । तर रसुवा जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै रहेको छ ।

    हिमाली जिल्ला बाहेकमा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको उनले बताएका छन् ।

    कांग्रेसको बुधवारको बैठकले पालिका बाहेकका सबै अधिवेशन दशैंपछि गर्ने निर्णय गरे पनि बिहीवार केही संशोधन भएको छ । बिहीवार निर्वाचन समितिका पदाधिकारी सहितको बैठकले मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दशैंअघि नै जिल्लाा अधिवेशन गर्ने निर्णय गरेको छ ।

    कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन समेत सम्पन्न भइसकेका छन् । यी जिल्लामा असोज ९ गते पालिका अधिवेशन हुने भएका छन् । १३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक नहुँदा अधिवेशन तालिका प्रभावित हुँदै आएको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको छ ।

    कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गतेमा जिल्ला अधिवेशन गर्ने तय छ तर नयाँ कार्यतालिका सार्वजनिक भएको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend