काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पार्टी पदाधिकारी बैठक डाकेका छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्रीको नाम, आसन्न महाधिवेशन र पार्टीका आन्तरिक गतिविधिको विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका छन् ।
बैठक बुधबार दिउँसो ३ बजे सभापतिनिवास बुढानिलकण्ठमा बस्ने भएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल हुने देउवाको सचिवालयले जानकारी दिएको छ ।
मंगलवार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वमा सरकार बनेको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सर्वत्र आलोचना हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।