शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारमा कांग्रेसबाट यी बन्ने भए परराष्ट्रमन्त्री, गठबन्धनको बैठकमा सहमति

देउवा सरकारमा कांग्रेसबाट यी बन्ने भए परराष्ट्रमन्त्री, गठबन्धनको बैठकमा सहमति

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 6.6K
    SHARES

  • देउवा सरकारमा कांग्रेसबाट यी बन्ने भए परराष्ट्रमन्त्री, गठबन्धनको बैठकमा सहमति

    काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

    परराष्ट्रमन्त्री बन्न लागेका खड्काको शपथ भोलि बुधबार हुने जनाइएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनका शीर्ष नेताको बैठक साँझ साढे ६ बजेदेखि मन्त्रिपरिषद् विस्तारबारे छलफलमा जुटेका हो ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    अन्य मन्त्रीमा कसलाई पठाउने भन्नेबारे गठबन्धनको बैठकमा छलफल चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend