काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित मिति मंसिर ९ देखि १३ गतेसम्म हुने निश्चित भएको छ ।
कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले करिब करिब सबै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएकाले अब मंसिरमा कांग्रेस नयाँ नेतृत्व चयनका लागि तम्तयार देखिएको छ ।
विवादित १३ जिल्लामा छिटपुट क्षेत्रमा १४औं महाधिवेशनपछि क्रियाशील सदस्यता वितरण गरिने र अन्य ठाउँमा केही दिनपछि नै वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन हुने भएको छ ।
कार्यदलले विाद टुंगो लगाएर निर्वाचन समितिलाई सूची पठाएपछि कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको सूचना सार्वजनिक गर्ने भएको छ ।
निर्वाचन समितिका संयोजक महादेव यादवले पहिले तोकिएको समयमा १३ जिल्लाका वडा र पालिका अधिवेशन नभए पनि चाँडै मिति तोकिने बताए ।
उनका अनुसार केन्द्रीय महाधिवेशन निर्धारित मितिमै गर्ने गरी तयारी अघि बढाइएको छ । अब क्रियाशील सदस्यतालाई लिएर नेपाली कांग्रेसका नेतामा कुनै द्वेष र वैमनश्यता नदेखिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।