शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी हुन् देउवा सरकारले २ महिनामा गरेका १५ मुख्य काम (सूचीसहित)

यी हुन् देउवा सरकारले २ महिनामा गरेका १५ मुख्य काम (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, आश्विन २ २०७८

  • 4.5K
    SHARES

  • यी हुन् देउवा सरकारले २ महिनामा गरेका १५ मुख्य काम (सूचीसहित)

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिनामा १५ वटा मुख्य काम गरेको छ ।

    प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गरेका मुख्य १५ वटा कामको सूची सार्वजनिक गरेको हो ।

    देउवा सरकारले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकैदिन ३ लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोडर्नाको खोप ल्याउने विषय टुंग्याएको छ ।

    बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीब्रता दिएको सरकारले जनाएको छ ।

    कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, सरकारी कर्मचारीको तलब बढाएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय भएको, ५ लाख गरीब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको, काठमाडौंका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय समेत मुख्य १५ वटा कामको सूचीमा उल्लेख गरिएको छ ।

    देउवा सरकारका मुख्य काममा भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमतिको पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णय रहेका छन् ।

    सरकारले काम गर्दागर्दै पनि काम नै नभएको हल्ला फैलिएपछि विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् ।

    यी हुन् देउवा सरकारका १५ काम –

    de.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend