काठमाडौं – नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा अस्वीकृत भएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले २०७८/०५/२३ मा पार्टीका सभापति शेरबहादुर देउवासमक्ष दिनुभएको राजीनामा सभापतिले अस्वीकृत गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरू सम्पन्न गर्न अनुरोध गर्नुभएको छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।