शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारको उपहार : दशैंमा गरीबलाई १० हजार, बिरामीलाई महिनाको ५ हजार

देउवा सरकारको उपहार : दशैंमा गरीबलाई १० हजार, बिरामीलाई महिनाको ५ हजार

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 16.6K
    SHARES

  • देउवा सरकारको उपहार : दशैंमा गरीबलाई १० हजार, बिरामीलाई महिनाको ५ हजार

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अतिविपन्न गरीब परिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहतस्वरूप उपहार दिने घोषणा गरेको छ ।

    देशभरका ५ लाख घरपरिवारलाई दशैंका बेला असोज महिनाभित्रै १० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा सरकारले गरेको छ ।

    अध्यादेशबाट आएको बजेटलाई शुक्रबार परिमार्जन गर्दै देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अतिविपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरिएको छ ।

    शुक्रबार संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक वाचन गरेका छन् । जसमा आकर्षक कार्यक्रम समावेश गरिएका छन् ।

    विधेयक वाचन गर्दै शर्माले भने, ‘कोभिड–१९ प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

    अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै अर्थमन्त्री शर्माले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा संवत् २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु ।’

    यसैबीच, देउवा सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरूलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा समेत गरेको छ । अर्थमन्त्री शर्माले विधेयक पढ्दै भने, ‘मिर्गाैला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु ।’  

    राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका व्यक्तिका परिवारका लागि सरकारले मासिक ३ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको अर्थमन्त्री शर्माले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend