शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

भोलि नयाँ मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, के भयो सहमति ?

भोलि नयाँ मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, के भयो सहमति ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 8.0K
    SHARES

  • भोलि नयाँ मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, के भयो सहमति ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार नयाँ मन्त्री नियुक्त गर्ने गरी सत्तारुढ गठबन्धनका दलहरू अन्तिम तयारीमा लागेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ं नेपालले मन्त्रिपरिषद् विस्तारका लागि बिहीबार बिहानैदेखि छलफल चलाएका छन् ।

    मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा बिहीबार सत्तारुढ गठबन्धनका २ छुट्टाछुट्टै बैठक बसेका छन् । बिहानदेखि मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ ।

    त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच समेत छलफल भएको छ । बालुवाटारको बैठकमा जसपाका अध्यक्ष यादव अनुपस्थित रहेका थिए ।

    छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा एसका नेता मेटमणि चौधरीले बताए । ‘भरसक भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सहमति छ । नभए भदौ २८ गते सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ,’ उनले भने । गठबन्धनका नेताहरूबीच एकैचरणमा सरकारलाई पूर्णता दिन नसकिएपनि २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

    एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । रिटको सुनुवाइ भदौ २८ गते तोकिएको छ ।

    कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवाको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट २ मन्त्री र १ राज्यमन्त्री र माओवादीबाट २ जना मन्त्री रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend