काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय जनगणना २०७८ संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको जनगणना सञ्चालनका लागि सरकारले नयाँ कार्यतालिका स्वीकृत गरेको छ ।
सरकारले नयाँ कार्यतालिका राजपत्रमा प्रकाशित गरेर लागू गर्ने जनाइएको छ ।
आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने करीब ५ अर्ब ५४ करोड बराबर रुपैयाँको ऋण सहायता स्वीकार गरेको छ ।
सरकारले अन्तर्राष्ट्रिय संस्थाहरुमार्फत नै प्राप्त नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने ५ अर्ब ५४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले जलवायु परिवर्तन सम्बन्धी अनुकूलन कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपालका तर्फबाट सहभागिता जनाउन समेत अनुमति दिएको छ ।
दार्चुला जिल्लाको ब्यास गाउँपालिका–१ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ब्यारेक भवन निर्माण प्रयोजनका लागि ८ हजार ५०० क्युबिक फिट सल्लो प्रजातिको गोलिया काठ संकलन गरी प्रयोग गर्न अनुमति समेत प्रदान गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।