शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
आजको विशेष

नेपालमा कोभिडविरुद्ध खोप लगाउने एक करोड, विश्व स्वास्थ्य संगठनले गर्यो प्रशंसा

नेपालमा कोभिडविरुद्ध खोप लगाउने एक करोड, विश्व स्वास्थ्य संगठनले गर्यो प्रशंसा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 5.3K
    SHARES

  • नेपालमा कोभिडविरुद्ध खोप लगाउने एक करोड, विश्व स्वास्थ्य संगठनले गर्यो प्रशंसा

    काठमाडौं - नेपालमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ । छोटो समयमै नेपालले एक करोड जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाउन सकेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालको प्रशंसा गरेको छ ।

    नेपालमा गत माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । साढे सात महिनाको अवधिमै लक्षित जनसमुदायको आधा हिस्सालाई खोप लगाउन सक्नु ठूलो उपलब्धि भएको विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया कार्यालयले जनाएको छ ।

    पहिलो र दोस्रो मात्रा गरी खोप लगाउनेको जनसंख्या एक करोड नाघेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको डेढ महिनामै ७० लाख नेपालीले खोप लगाइसकेका छन् ।

    नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिका लक्षित दुई करोड १७ लाख ५७ हजार सात सय ६३ जनसंख्या छन् । जसमध्ये पहिलो मात्रा ५४ करोड २४ लाख आठ सय ३६ (१८ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५ दशमलव ४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    उनका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ। किशोर किशोरीका लागि मोडेर्ना र फाइजर खोप प्राप्त हुँदैछ । सरकारले ६० लाख खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend