काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरिएको सामाजिक सुरक्षा भत्ता मासिक रूपमा लागू गर्ने निर्णय गरेको छ ।
बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आर्थिक वर्ष ०७८/०७९ को बजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।