शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

माधव नेपालको यस्तो मागले देउवा र प्रचण्ड झनक्क

माधव नेपालको यस्तो मागले देउवा र प्रचण्ड झनक्क

  • मिडिया डबली
  • सोमवार, भाद्र १४ २०७८

  • 6.8K
    SHARES

  • माधव नेपालको यस्तो मागले देउवा र प्रचण्ड झनक्क

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक बिदाका दिन मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बोलाएका छन् ।

    सरकार गठन भएको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।

    सरकारमा सामेल हुने मन्त्रीहरूको बारेमा आजको बैठकले नाम टुंगो लगाउने बुझिएको छ । सरकार विस्तारबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता भएको थियो ।

    भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई मन्त्रालयको संख्या बढाउन माग गरेका थिए । उनले उपसभामुखसहित संसदीय समितिमा पनि भागबण्डा सुनिश्चित गर्न आग्रह गरेपछि देउवा र प्रचण्ड आश्चर्यमा परेका थिए ।

    स्रोतका अनुसार एकीकृत समाजवादी पार्टीलाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने पहिल्यै सहमति भइसकेको छ । अब माधव नेपालको पार्टीलाई थप एक मन्त्री दिने बताइएको छ । मन्त्री बन्न चाहनेको भिड कोटेश्वरमा बढेपछि माधव नेपाल निकै दबाबमा परेको बुझिएको छ ।

    यस्तै, अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि परेको छ । अब बन्ने चार मन्त्रीमा क–कसलाई पठाउने भन्ने प्रचण्डले निर्णय गर्नसमेत सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend