शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

एमाले औपचारिक विभाजन भएसँगै मन्त्रिपरिषद् विस्तार गरिँदै, को–को हुँदैछन् मन्त्री ?

एमाले औपचारिक विभाजन भएसँगै मन्त्रिपरिषद् विस्तार गरिँदै, को–को हुँदैछन् मन्त्री ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 5.0K
    SHARES

  • एमाले औपचारिक विभाजन भएसँगै मन्त्रिपरिषद् विस्तार गरिँदै, को–को हुँदैछन् मन्त्री ?

    काठमाडौं - एमाले औपचारिक रूपमा विभाजन भएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् ।

    एमाले विभाजन भएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको छ । सो पार्टीलाई निर्वाचन आयोगले बुधबार राति नै प्रमाणपत्र दिइसकेको छ।

    आज दिनभरिमा समाजवादी पार्टीका अध्यक्ष नेपालले मन्त्री बन्नेहरूको सूची बनाउने र शुक्रबार प्रधानमन्त्री देउवालाई बुझाउने बताइएको छ ।

    सरकारमा एकीकृत समाजवादी पार्टीले ६ मन्त्री र एक राज्यमन्त्री पाउने मोटामोटी सहमति भइसकेको छ ।

    स्रोतका अनुसार नेता नेपाल रामकुमारी झाँक्रीको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने मनस्थितिमा छन् । तर केहीले भने नेतृ झाँक्रीलाई उपसभामुख बन्न प्रेरित गरिरहेकी छन् । झाँक्री भने शिक्षामन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ ।

    एकीकृत समाजवादीबाट प्रेमकुमार आले, मेटमणि चौधरी, खिमलाल देवकोटा, निरादेवी जैरु मन्त्री बन्ने सूचीमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend