काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको मुखैमा देखिएको क्रियाशील सदस्यता विवाद कार्यदलले मिलाएको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले विवाद समाधानको खाका तयार पारेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
क्रियाशील सदस्यता विवादकै कारण कांग्रेस महाधिवेशन सर्दै आएको छ । सदस्यता विवाद समाधानका लागि गठित नेता लेखक नेतृत्वको समितिले सहमति जुटाउन नसकेपछि केन्द्रीय कार्यसमितिले ३ सदस्यीय कार्यदल बनाएको थियो ।
कार्यदलले आईतबार खाकालाई अन्तिम रूप दिएर सभापति देउवालाई बुझाउने तयारी गरेको छ । कार्यदलका सदस्य लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको खाका हिजो शनिवार साँझ नै टुंग्याइएकाले आज आईतबार सभापति देउवालाई प्रतिवेदन बुझाउने बताएका छन् ।
नेता लेखकले भने, ‘धेरै विवादित क्रियाशील सदस्यता पहिले नै हामीले समाधान निकालेका थियौं । २–३ ठाउँको विवाद मिलाएर हामीले प्रतिवेदन बुझाउन लागेका छौं । यसमा थप निर्णय पदाधिकारी बैठकले गर्नेछ ।’
कांग्रेस केन्द्रीय समिति बैठकले भदौ ३ गतेभित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको हो । कार्यदलले तोकिएको समयभन्दा ४ दिन ढिला गरी प्रतिवेदन बुझाउन लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।