काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त गरिएका छन् ।
देउवानिकट रहेर लामो समयदेखि सघाउँदै आएका भानु देउवाले औपचारिकरूपमा नियुक्ति पाएका छन् ।
प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा समेत भानु देउवा नै प्रमुख स्वकीय सचिव रहेका थिए । अब प्रधानमन्त्री देउवाले स्वकीय सचिवालय व्यवस्थित गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।