शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मन्त्रिपरिषद्को आकस्मिक बैठकले अफगानिस्तानमा रहेका नेपालीबारे गर्‍यो यस्तो निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठकले अफगानिस्तानमा रहेका नेपालीबारे गर्‍यो यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 3.8K
    SHARES

  • मन्त्रिपरिषद्को आकस्मिक बैठकले अफगानिस्तानमा रहेका नेपालीबारे गर्‍यो यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल ल्याउने निर्णय गरेको छ ।

    बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको हो ।

    प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले समन्वयात्मक रुपले काम गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताइसकेका छन् ।

    सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

    देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन तथा अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आईतवार नै निर्देशन दिएका थिए ।

    तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेसँगै नेपालीहरू उद्धारको पर्खाइमा रहेका छन् । केही नेपालीलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्‍याइसकेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend