काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले भारत सरकार र भारतीय जनतालाई सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री देउवाले भारतको निरन्तर प्रगति र समृद्धिको पनि कामना गरेका छन् । भारतले आज स्वतन्त्रता दिवस मनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामनामा ‘देशवासीमा नयाँ ऊर्जा र नवचेतना प्रवाह गर्ने’ बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।