शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

भदौ १८ गते देशैभर कांग्रेसको वडा अधिवेशन, अब १९ दिन बाँकी

भदौ १८ गते देशैभर कांग्रेसको वडा अधिवेशन, अब १९ दिन बाँकी

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 6.6K
    SHARES

  • भदौ १८ गते देशैभर कांग्रेसको वडा अधिवेशन, अब १९ दिन बाँकी

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको हो ।

    भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन सरेर नयाँ कार्यतालिका अनुसार मंसिर ९–१३ गतेसम्म हुने भएको छ ।

    नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते तोकिएको छ भने सोही दिन निर्वाचन निर्देशिका बुझाउने मिति तोकिएको छ ।

    वडा अधिवेशन भदौ १८ गते र गाउँ/नगरपालिको अधिवेशन भदौ २७ गते हुने गरी तोकिएको छ । देशैभर एकैपल्ट वडा अधिवेशन हुने मिति भदौ १८ गते आउन अब १९ दिन मात्रै बाँकी छ ।

    प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तोकिएको छ ।

    जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १०–१२ गतेसम्म हुने भएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म हुने जनाइएको छ ।

    यस्तो छ कार्यतालिका –

    १. क्रियाशील सदस्यको अन्तिम नामावली   बुझाउने – २०७८ भदौ २ गते

    २. निर्वाचन निर्देशिका बुझाउने – २०७८ भदौ २ गते

    ३. वडा अधिवेशन – २०७८ भदौ १८ गते

    ४. गाउँ/नगरपालिका – २०७८ भदौ २७ गते

    ५. प्रदेश क्षेत्र क/ख – २०७८ असोज १ गते

    ६. संघीय निर्वाचन क्षेत्र – २०७८ असोज ५ गते

    ७. जिल्ला अधिवेशन – २०७८ असोज १० गते

    ८. प्रदेश अधिवेशन – २०७८ कात्तिक १०–१२ गते

    ९. केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९–१३ गते

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend