शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यस्तो छ कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका, पढ्नुहोस् वडादेखि केन्द्रसम्मको मिति

यस्तो छ कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका, पढ्नुहोस् वडादेखि केन्द्रसम्मको मिति

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 11.2K
    SHARES

  • यस्तो छ कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका, पढ्नुहोस् वडादेखि केन्द्रसम्मको मिति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिरमा गर्ने गरी नयाँ कार्यतालिका पारित गरेको छ ।

    आज शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ९–१३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि नै सबै तहका अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ ।

    कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशनको नयाँ कार्यतालिकाबारे निर्णय भएको बताएका छन् ।

    क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशन सरेको छ । 

    नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यताको अन्तिम नामावली भदौ २ गते बुझाइने छ ।

    यस्तो छ कार्यतालिका –

    १. क्रियाशील सदस्यको अन्तिम नामावली   बुझाउने – २०७८ भदौ २ गते

    २. निर्वाचन निर्देशिका बुझाउने – २०७८ भदौ २ गते

    ३. वडा अधिवेशन – २०७८ भदौ १८ गते

    ४. गाउँ/नगरपालिका – २०७८ भदौ २७ गते

    ५. प्रदेश क्षेत्र क/ख – २०७८ असोज १ गते

    ६. संघीय निर्वाचन क्षेत्र – २०७८ असोज ५ गते

    ७. जिल्ला अधिवेशन – २०७८ असोज १० गते

    ८. प्रदेश अधिवेशन – २०७८ कात्तिक १०–१२ गते

    ९. केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९–१३ गते

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend