काठमाडौं – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि राजधानी काठमाडौं उपत्यकामा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको आदेश अनुसार बिहीबार राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लागेको छ ।
काठमाडौंका ३ जिल्लाका सीडिओहरुको बैठकले निषेधाज्ञा थप गर्दै बिहीवारदेखि लागू हुने गरी रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
भक्तपुर जिल्लाका सीडीओ प्रेमप्रसाद भट्टराईले सार्वजनिक तथा निजी सवारीसाधनहरु रात्रीकालीन समयमा सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बताए ।
उनले भने, ‘राति ८ बजेसम्म सबै गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरिएको छ ।’ अत्यावश्यक सवारीसाधनको सञ्चालनमा रोक लगाइने छैन ।
यस्तो छ आदेश –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।