सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थाले : प्रधानमन्त्री देउवा

कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थाले : प्रधानमन्त्री देउवा

  • मिडिया डबली
  • शनिवार, श्रावण २३ २०७८

  • 3.1K
    SHARES

  • कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थाले : प्रधानमन्त्री देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थालेका बताएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि सुरू गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताए ।

    ‘सरकारको एक्लो प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्छ,’ उनले भने ।

    प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीको तेस्रो लहर छिट्टै सुरू हुने लक्षण देखिएकाले सबै सजग र सचेत हुनुपर्ने बताएका छन् । देउवाले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् ।

    प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

    देउवाले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको र विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्न समेत आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend