शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

१२ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय

१२ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय

  • मिडिया डबली
  • शनिवार, श्रावण २३ २०७८

  • 2.8K
    SHARES

  • १२ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

    कोभिड–१९ संक्रमणको महामारीका कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् ।

    बोर्डका अनुसार परीक्षा हुनुभन्दा १५ दिनअघि विद्यार्थीलाई जानकारी दिइने छ ।

    यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

    विद्यार्थी पढेको विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

    आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्क लाग्ने गरी १६०० नम्बरमा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिने छ । एनसेलको वेबसाइटमा गएर आफ्नो नतिजा निःशुल्क हेर्न सकिने जनाइएको छ ।

    यसरी हेर्नुहोस् नतिजा –

    sn.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २३ २०७८०४:०९:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend