सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भत्कियो कांग्रेस महाधिवेशनको कार्यतालिका, अब के हुन्छ ?

भत्कियो कांग्रेस महाधिवेशनको कार्यतालिका, अब के हुन्छ ?

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०७८

  • 8.2K
    SHARES

  • भत्कियो कांग्रेस महाधिवेशनको कार्यतालिका, अब के हुन्छ ?

    काठमाडौं – भदौ दोस्रो हप्ता १४औं महाधिवेशन गर्न नेपाली कांग्रेसले यतिबेला वडा, गाउँ/नगर अधिवेशन सक्नुपथ्र्यो तर क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ ।

    अब बाँकी १ महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरुले नै आशंका व्यक्त गर्न थालेका छन् ।

    नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो । बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो । 

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समितिले छलफल जारी राखे पनि विवादको टुंगो लगाउन सकेको छैन । 

    कांग्रेसलाई भदौ २३ गतेभित्र १४औं महाधिवेशन सम्पन्न गर्नै पर्ने संवैधानिक बाध्यता छ । ५ वर्षभित्र महाधिवेशन नगरेको कांग्रेसले विशेष परिस्थितिमा ६ महिना पर महाधिवेशन सार्न पाउने संवैधानिक अधिकारको समेत उपयोग गरिसकेको छ । 

    संविधानको धारा २६९ (४)(ख) को व्यवस्थाअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको पदावधि २०७७ फागुनमा नै सकिएको थियो । विशेष परिस्थिति दर्शाउँदै सोही धाराको उपधारा (ख) को व्यवस्थाअनुसार ६ महिना पदावधि थप गरिसकेको छ । त्यससँगै भदौ २३ गतेभित्र महाधिवेशन गर्ने बाटो खुलेको छ । 

    १३औं महाधिवेशन २०७२ फागुनमा भएको थियो । सभापति देउवाको ५ वर्षे कार्यकाल गत फागुन २३ गते नै सकिएको हो । क्रियाशील सदस्यताकै टुंगो नलाग्दा भदौ २३ गतेभित्र महाधिवेशन हुनेमा कांग्रेसकै शीर्ष नेता अन्योलमा रहेका छन् । भदौ १६–१९ गते निर्धारित महाधिवेशनका लागि साउन १२ गते वडा र साउन १६ मा गाउँ, नगर अधिवेशन तोकिएको थियो तर कार्यतालिकाअनुसार दुबै अधिवेशन हुन सकेनन् । 

    नेता सिटौला निर्धारित समयमा महाधिवेशन हुनेमा ढुक्क छैनन् । ‘महाधिवेशन हुन्छ, समय केही तलमाथि होला,’ उनले भने । केही जिल्लामा देखिएको क्रियाशीलताको समस्या केही दिनमा समाधान हुने उनको विश्वास रहेको छ तर विवाद समाधान गर्न शीर्ष नेतृत्वले लिएको ५ दिनको मिति पनि मंगलवार सकिएको छ । 

    कार्यतालिका भत्काउँदै जाने हो भने समयमा महाधिवेशन हुन गाह्रो हुने नेताहरु बताउँछन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुन गाह्रो हुने स्वीकार गर्छन् । शीर्ष नेताहरु क्रियाशील सदस्यता विवाद मिलाउन क्रियाशील रहेकाले वडा तथा गाउँ र नगरको मात्र नभई महाधिवेशनको मिति पर सर्न सक्ने प्रवक्ता शर्माले बताए ।

    ‘कोरोना महामारीलाई पनि मध्यनजर गरी महाधिवेशनको मिति तोकिनेछ,’ शर्माले भने, ‘त्यसका लागि शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।’

    वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेश, र केन्द्रीय महाधिवेशन हुनेछन् । हालसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । नेता लेखक अध्यक्षताको समितिले ८ लाख ५४ हजार ७११ जनालाई क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो ।

    समितिले देशभर १५२ स्थानको विवाद समाधान गरेको थियो । बारा, पर्सा, सप्तरी, सर्लाही २, सिन्धुपाल्चोक, रसुवा, धनुषा ४ र टीकापुर कैलाली गरी १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद यथावत् रहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend