सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठक सकियो, महाधिवेशनबारे यस्तो निर्णय

कांग्रेस पदाधिकारी बैठक सकियो, महाधिवेशनबारे यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक सकियो, महाधिवेशनबारे यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि मापदण्ड बनाउने निर्णय गरेको छ ।

    बारा, सप्तरी, सिन्धुपाल्चोक लगायत जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी नयाँ मापदण्ड बनाएर ५ दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

    कांग्रेस पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको शुक्रवार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीका सबै ४/४ निर्वाचन क्षेत्र, रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको छ ।

    आगामी ५ दिनभित्र विवाद टुंगाइने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 

    पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका बनाएन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले सदस्यता विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने धारणा बैठकमा राखेका छन् ।

    क्रियाशील सदस्यता विवाद समाधान नभएकाले वडा अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले स्थगित गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend