सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भदौमा नहुने नै भयो कांग्रेस महाधिवेशन, कहिलेसम्म सार्न पाइन्छ ?

भदौमा नहुने नै भयो कांग्रेस महाधिवेशन, कहिलेसम्म सार्न पाइन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 7.3K
    SHARES

  • भदौमा नहुने नै भयो कांग्रेस महाधिवेशन, कहिलेसम्म सार्न पाइन्छ ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ ।

    निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी रहेको छ ।

    निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ । भदौमा महाधिवेशन हुँदैन । आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरु नियमित सम्पर्कमा रहेका छन् । आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ ।’

    कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए । ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ,’ उनले भने । कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको छ ।

    तर अब १ महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन । उक्त विषय टुंगो लगाउन बिहीवार ५ दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी गरेको छ । सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका १/१ निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी रहेको छ ।

    कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा अधिवेशन गरेर बिहीवार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend