सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

क्रियाशील सदस्यताबारे कांग्रेसको यस्तो निर्णय अनि महाधिवेशन अगाडि बढ्ने

क्रियाशील सदस्यताबारे कांग्रेसको यस्तो निर्णय अनि महाधिवेशन अगाडि बढ्ने

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 4.3K
    SHARES

  • क्रियाशील सदस्यताबारे कांग्रेसको यस्तो निर्णय अनि महाधिवेशन अगाडि बढ्ने

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताबारेको विवाद ५ दिनभित्र टुंग्याउने निर्णय गरिएको छ ।

    बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरूलाई पार्टीका शीर्ष नेताले ५ दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

    विवादित विषयहरूलाई ५ दिनभित्र शिर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने समितिका संयोजक तथा नेता रमेश लेखकले बताएका छन् ।

    ‘क्रियाशील सदस्यता छानविन समितिले नेताहरूलाई प्रतिवेदन बुझाइसकेका छौं १२ गते । हामीले जुन मापदण्ड बनाएका थियौं, क्रियाशील सदस्यता छानविन समितिले नेताहरूकै परामर्शबाट हामीहरूले मापदण्ड बनाएका थियौं र त्यो मापदण्डले हाम्रो समितिमा सहमतिले निर्णय हुन नसकेका विषयहरूलाई केन्द्रीय नेताहरूको तहमा निर्णय गर्ने भनेर हाम्रो मापदण्डमा थियो,’ संयोजक लेखकले भने ।

    क्रियाशील सदस्यता छानविनको अधिकांश काम सकिएको नेता लेखकले बताए । केही विषयहरू केन्द्रीय नेताको तहमै निर्णय गर्नुपर्ने भनेर पहिचान समेत गरिसकेको भन्दै नेता लेखकले केन्द्रीय नेताहरूको तहमा प्रस्तुत गरिएको समेत बताएका छन् ।

    संयोजक लेखकले भने, ‘आजको छलफल परामर्शपछि केन्द्रीय नेताहरूको तहमा प्रस्तुत गरिएका विषयहरू, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरूमा केन्द्रीय नेताहरूको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने छ र उहाँहरूले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरू पनि अगाडि बढ्छन् । अरु पार्टीबाट आएका मानिसको समायोजन गर्ने विषय छन् । ५ दिनभित्र नेताहरूले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका कामहरू अघि बढ्ने छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend