सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 4.2K
    SHARES

  • महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीबार बस्दैछ ।

    आज बिहीवारको बैठक पनि पार्टीको आसन्न महाधिवेशनमा केन्द्रित हुने जनाइएको छ ।

    बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्नेछ । 

    नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने भएको छ । बुधवार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्ने निष्कर्ष निकालेको छ ।

    कोरोनाको अवस्थाबारे जिल्लाका नेताहरूसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । बिहीबारको बैठकमा देशव्यापी रूपमा कोरोनाको अवस्थाबारे केन्द्रित हुने जनाइएको छ । 

    कांग्रेस महाधिवेशन आउन अब ३४ दिन मात्रै बाँकी रहेको छ तर निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend