बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेविसंघका 'असफल अध्यक्ष' नैनसिंहका ठेकेदार ससुरालाई डडेल्धुराको सभापति बनाइँदै

नेविसंघका 'असफल अध्यक्ष' नैनसिंहका ठेकेदार ससुरालाई डडेल्धुराको सभापति बनाइँदै

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 11.3K
    SHARES

  • नेविसंघका 'असफल अध्यक्ष' नैनसिंहका ठेकेदार ससुरालाई डडेल्धुराको सभापति बनाइँदै

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी केन्द्रदेखि जिल्लासम्मको नेतृत्वका लागि आकांक्षीहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

    केन्द्रमा सभापति देउवाले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै उनको जिल्लाको सभापति को बन्छ भन्‍ने कुरालाई पनि निकै चासोका साथ हेरिएको छ । सभापति देउवाको गृहजिल्लामा नेपाल विद्यार्थी संघका 'असफल अध्यक्ष' नैनसिंह महरका ससुरालाई सभापति बनाउन लागिएको हो । पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका नैनसिंहका ससुरा भीमबहादुर साउँद ठेकेदारसमेत हुन् । 

    उनको निर्माण कम्पनी शर्मा जेभीले जिम्मा लिएको कञ्‍चनपुरको हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ । दुई पटक म्याद थप गरिँदा पनि उनको निर्माण कम्पनीले काम पूरा गर्न सकेको छैन । फेरि म्याद थप गर्नका लागि निवेदन दिइएको हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी इन्जिनियर पदम मडैले जानकारी दिएका छन् । उनले समयमा काम नसकिँदा तेस्रो पटक म्याद थपका लागि निवेदन दिएको र थप भएको कुनै परिपत्र नआएको जानकारी दिएका छन् । 

    यसरी काम अलपत्र पार्ने ठेकेदारसमेत रहेका पर्शुरामका मेयर साउँदलाई डडेल्धुरामा सभापति बनाउनका लागि नैनसिंह महरसहितको टोलीको दौडधूप बढेको छ । महर नेपाल विद्यार्थी संघको महाधिवेशनसमेत गर्न नसकेपछि पार्टीबाट बर्खास्त गरिएका असफल अध्यक्ष हुन् । उनलाई दुई पटक महाधिवेशन गर्न समय थप गरिए पनि समयमै सम्पन्‍न नगर्दा पार्टीले उनलाई बर्खास्त गर्दै राजीब ढुंगानालाई अध्यक्ष चयन गरेको थियो । 

    नेपाली कांग्रेसजस्तो 'मास बेस्ड पार्टी' को भ्रातृसंस्था नेविसंघलाई राम्रोसँग अघि बढाउन नसकेका महर अहिले आफ्ना ससुरालाई जिल्लाको सभापति बनाउन लागि रहेका छन् ।

    यसअघि असार २१ गते सोमबार बिहान डडेल्धुराका नेताहरु साउदलाई सभापति बनाउनका लागि दबाब दिन देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उक्त समूहमा संस्थापन इतरका नेताहरुलाई भने सहभागी गराइएको थिएन । काठमाडौंमा नै रहेका वर्तमान जिल्ला सभापति कर्ण मल्ललाई समेत उक्त बैठकमा सहभागी गराइएको थिएन । 

    साउदलाई सभापति बनाउने विषयमा देउवापत्‍नी आरजु राणा भने सकारात्मक नभएको स्रोतले जानकारी दिएको छ । डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी आरजुले मेयर भइसकेका साउदलाई सभापति बनाउँदा पार्टीको आन्तरिक विवाद थप बढ्दै जाने भन्दै छलफल र सहमतिमा नै अघि बढ्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ । 

    देउवा निवासको उक्त छलफलपछि साउदसहितको टोली बाहिरिएलगत्तै डडेल्धुराको सभापतिमा 'पक्कापक्की' भएका समाचारहरुसमेत प्रकाशन भएका थिए ।

    साउद आफैंले पनि आफू निकटका विभिन्‍न सञ्‍चारमाध्यमहरुमा फोन गरेर आफूलाई सभापति बनाउन देउवा सहमत भएको दाबी गर्दै समाचार लेख्‍न आग्रह गरेका थिए । तर देउवा टिमबाट नै साउदबाहेक पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र नेता नवलबहादुर मल्लले जिल्ला सभापतिको लागि दाबी गरेका छन् ।

    देउवाइतर टिममा करुणाकर भट्टले पनि आफू सभापतिको उम्मेदवारी दिने बताइरहेका छन् । राजनीतिक पहुँचकै आधारमा विभिन्‍न ठेक्काहरु लिएर काम अलपत्र छोडेको, मेयर भइसकेको व्यक्तिलाई पटक-पटक अवसर दिनुले जिल्लामा पार्टीका लागि खटिएका अन्य नेताहरुको अपमान हुने भन्दै डडेल्धुराका कांग्रेस नेताहरुले भने आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेका छन् ।

    डडेल्धुरामा एउटै व्यक्तिलाई हरेक पटक अवसर दिँदा कार्यकर्तामा चरम असन्तुष्टि बढ्ने र कांग्रेस नै कमजोर बन्‍ने स्थिति आउनसक्ने भन्दै जिल्ला नेताहरुले साउदलाई सभापतिमा स्वीकार गर्न नसकिने बताएका छन् । जिल्लामा नेविसंघका निर्वतमान अध्यक्ष महरको पनि राम्रो छाप छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend