सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवा सरकारले गर्‍यो जनताको मन छुने अर्काे निर्णय

देउवा सरकारले गर्‍यो जनताको मन छुने अर्काे निर्णय

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 21.6K
    SHARES

  • देउवा सरकारले गर्‍यो जनताको मन छुने अर्काे निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टाइन खर्च तिरिदिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टाइनमा बस्दाको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    क्वारेन्टाइनका लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाँड सेकिने गरी होटलमा राखेर रकम असुल्ने गरेको थियो । तर देउवा सरकारले जनताको मन छुने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले राष्ट्र ऋण ५औं संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

    ऋणस्वरुप ६ करोड अमेरिकी डलर बराबरको ऋण सहायता लिने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञा आदेश लागू हुनुभन्दाअघि वा आदेशको अवधिभित्र सम्झौता भएका आयोजनामा काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्यादसम्बन्धी आपूर्तिकर्ता निर्माण व्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने निर्णय समेत गरेको छ ।

    सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरुका लागि ३५ जना कर्मचारी हुने गरी स्वीकृति दिइएको छ । प्रादेशिक मुकामका कार्यालयमा २१ जना हुने व्यवस्था समेत गरिएको छ । 

    बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरिने निर्णय समेत गरिएको छ । आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरी स्वीकृति प्रदान गरिएको छ ।

    यसअघि देउवा सरकारले आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क कोरोना भाइरस संक्रमण विरुद्धको खोप दिने निर्णय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend