काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सम्हाल्ने देखिएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै स्वास्थ्य मन्त्रालय आफूसँगै राखेर स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे शपथ कार्यक्रम राखिएको जनाइएको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ करीब ३९ वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशिल छन् । उनी निजी विद्यालयका सञ्चालन रहेका जनाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।