सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री बनेको १३ दिनसम्म देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कसले रोक्यो ?

प्रधानमन्त्री बनेको १३ दिनसम्म देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कसले रोक्यो ?

  • मिडिया डबली
  • आइतवार, श्रावण १० २०७८

  • 5.8K
    SHARES

  • प्रधानमन्त्री बनेको १३ दिनसम्म देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कसले रोक्यो ?

    काठमाडौं - शनिबार राजधानीमा आयोजित एक कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने – ‘म केही दिनदेखि निकै तनावमा छु । हाम्रो पार्टीका ४९ जना सांसदलाई मन्त्री बन्नु परेको छ । मुखले ठूल्ठूला आदर्शका कुरा गर्ने गरे पनि मन्त्री बन्न मलाई निकै दबाब आएको छ ।’

    प्रचण्डको यो अभिव्यक्तिले जनाउँछ प्रधानमन्त्री शेरबहादुर देउवाले किन अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् भन्ने । देउवा प्रधानमन्त्री नियुक्त भएको १३ दिन बितिसकेको छ । तर, अहिलेसम्म पाँच सदस्यीय मन्त्रिपरिषद्ले देश चलाउँदै आएको छ ।

    कोरोना महामारीका बेला महत्वपूर्ण स्वास्थ्य मन्त्रालय र खोप खरिदमा विदेशमा लबिङ गर्ने परराष्ट्र मन्त्रालय दुवै खाली छन् । जसकारण देउवा आलोचित बन्न थालिसकेका छन् । 

    एकातिर सत्ता गठबन्धन दल माओवादीमा सबै सांसद मन्त्री बन्न खोज्नु, जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको किचलो कायमै हुनु, कांग्रेसमै पनि मन्त्री बन्न हानाथाप गर्ने बढी भएकाले देउवा सरकारले राम्रो काम गर्न सकेको छैन । यही कमजोरीलाई लिएर बालकोट पुगेका एमाले अध्यक्ष केपी ओलीले चलखेल गर्न थालिसकेका छन् ।

    एमालेको माधवकुमार नेपाल समूह देउवा सरकारमा सामेल हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । सोही कारण पनि सरकारले पूर्णता नपाएको हो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सकेसम्म सरकारमा सामेल हुने सबै पार्टीलाई समेटेर एकैचोटि विस्तार गरौं भन्ने मनसाय देखिएको छ ।

    जसपा विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा पुगेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । महन्थ ठाकुर अझै पनि बालकोटको रिमोट कन्ट्रोलबाट सञ्चालित भएको उपेन्द्र यादव पक्षको आरोप छ । 

    यता कांग्रेसमा भने ठेकेदार र व्यापारीहरू मन्त्री बन्न निकै सल्बलाइरहेका छन् । बालुवाटारमा अहिले सैद्धान्तिक निष्ठावान भएका नेताभन्दा पनि व्यापारी र ठेकेदार नेताहरूको आउजाउ बाक्लो भएको देखिएको छ । त्यसैले पनि प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस भइरहेको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला समूहलाई मन्त्रीको भागबन्डाले गर्दा देउवाले सहजै काम गर्न पाउलान् भन्ने कसैले विश्वास गरेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend